निजामति सेवा पत्रिका
Posts
Showing posts from December, 2018
- Get link
- Other Apps
एकाधिकार, एकाधिकारका उदाहरणहरू र यसले पार्ने असर एकाधिकार, एकाधिकारका उदाहरण Faceboo विषय सन्दर्भ: समाजमा कर्तव्य र दायित्वबिच सन्तुलन कायम हुन सकेन भने समाज सञ्चालनमा विचलन पैदा हुन जान्छ । यस्तो विचलन रोक्नका लागि राज्यले कानुन नीति, नियमहरूको व्यवस्था गरेको हुन्छ । त्यस्ता व्यवस्थाहरूको विरुद्ध गरिने कसुरलाई अपराध भनिन्छ । आपराधिक कार्यले मुलुक र आम नागरिकलाई हानी नोक्सानी पुर्याउँदछ । एकाधिकारः खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रबिच स्वच्छ र अनुशासित प्रतिस्पर्धाको अपेक्षा गरिन्छ भने मिलेमतो गरी अस्वस्थ ढङ्गबाट सीमित व्यावसायिक व्यक्ति/प्रतिष्ठानको मिलेमतोमा आम नागरिक र राष्ट्रलाई अहित हुने खालका काम कारबाही भएमा त्यसलाई आर्थिक अपराध मानिन्छ । जुन सङ्गठित अपराधको एक अङ्ग हो । एकाधिकार खुला अर्थतन्त्रमा हुने अनपेक्षित आर्थिक अपराध हो । उदार एवं स्वस्थ प्रतिस्पर्धात्मक व्यावसायिक अभ्यासको विपरीत अस्वस्थ गठबन्धन, अप्राकृतिक मिलेमतो गरी आम उपभोक्ता/नागरिकको हितमा प्रतिकुल असर पर्ने गरी विद्यमान नीति, कानुन एवं सामाजिक, आर्थिक मूल्य मान्यता विपरीत अवाञ्छित आर्थिक लाभ प्रा